काठमाडौं, फागुन ९ : साहित्यकार लव गाउँलेको गैरआख्यान ‘अस्ट्रेलिया ब्लुज’ एक समारोहबीच लोकार्पण गरिएको छ ।
काठमाडौंमा आइतबार साँझ आयोजित कार्यक्रममा प्रमुख अतिथि लोकसंस्कृतिका ज्ञाता, वरिष्ठ कवि तुलसी दिवस तथा कार्यक्रमका सभापति साहित्यकार शैलेन्द्र साकारले ‘अस्ट्रेलिया ब्लुज’को विमोचन गरे ।
कार्यक्रममा लेखक गाउँलेकी छोरी भाग्यश्रीले आफ्ना पिताको गैरआख्यान कृतिका विषयमा बोल्दै उपस्थित पाहुनाहरूको स्वागत गरिन् । लेखक लव गाउँलेले ‘अस्ट्रेलिया ब्लुज’ आफू अस्ट्रेलिया बस्दाको अनुभूतिहरूको सँगालो भएको बताए । प्रमुख अतिथि तुलसी दिवसले गाउँलेको कृतिको चर्चा गरे ।
साहित्यकार शैलेन्द्र साकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरू महेश प्रसाई, युयुत्सु आरडी शर्मा, प्रतीक ढकाललगायतले आफ्नो धारणा राखेका थिए ।