टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरणले चिसोमा मागलाई धान्न सकेन : बिल गेट्स

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


अमेरिका, फागुन ९ : माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो सञ्चालन आउन नसक्दा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् ।

अमेरिकी राज्य टेक्सासको अत्यधिक चिसो मौसममा उर्जा उत्पादन गर्ने कमसल उपकरणहरूले काम नगर्दा उक्त राज्यले लोडसेडिङको मार सहन परेको बताएका हुन् । विद्यूत आपूर्ति नियमित हुन नसक्दा चिसोका कारण कैयौँ अमेरिकीले ज्यान गुमाउनु परेको उनको दावी रहेको छ ।

घरपरिवारलाई न्यानो राख्नको लागि आवश्यक पर्ने उर्जाशक्तिबाट वञ्चित भएका कारण खासगरी बुढ्यौली अवस्थामा रहेका नागरिक बढी प्रभावित भएका उनको दावी छ ।

उनले शनिबार साँझ सीएनएनसँगको कुराकानीमा भने, ‘खासगरी मौसम अनुकुल नबनाइएको यो प्राकृतिक ग्यास प्लान्टको क्षमताबारे सोच्नु पथ्र्यो । यसको लागि धेरै पैसा खर्च हुन्थ्यो त्यसैले लगानीमा बढी ध्यान दिइयो । परिणामस्वरूप यसले काम गरेन । यो दुखद कुरा हो कि यस असावधानीका कारण नागरिकहरू चिसोका कारण प्रभावित हुनु परेको छ ।

उनले थपे, ‘हिमपात, शून्य डिग्रीभन्दा कमको तापक्रम र सिरेठोले विशेष गरी संयुक्त राज्य अमेरिकाको दक्षिणपश्चिम र टेक्सास क्षेत्रलाई केही हप्तादेखि सताएको छ ।

टेक्सासलगायतका अमेरिकी केही राज्यमा प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बनेको छ । ती राज्यहरूमा विरामीहरू बढेका छन् भने विद्यूतको आपूर्तिमा आएको समस्याका कारण हिटर तथा न्यानोका अन्य स्रोत नियमित सञ्चालन नभएको स्थानीयहरूको गुनासो रहेको छ ।