मामाको बिहेमा आएका बालकको नालामा डुबेर मृत्यु

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


सप्तरी, फागुन ९ स् सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १ भारदहस्थित मामा घर आएका भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मामाको घर पछाडि रहेको धाराको पानी जम्ने खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले बताए । मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।