-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, फागुन ९ : उपन्यासकार दिलु सिप्तुङ्खाराई द्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को लोकार्पणका क्रममा नेपाल समाचारपत्रकर्मी भगवती तिमल्सिनालाई पत्रकारिता क्षेत्रमा २७ बर्ष देखि समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै शनिवार एक कार्यक्रमका बीच विशिष्ट सम्मानबाट सम्मानीत गरियो ।
सो कार्यक्रमलाई पत्रकार तिमल्सिना र चर्चित हास्य कलाकार गोपाल ढकाल ( छन्दे ) लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कदरपत्रद्धारा विशिष्ट सम्मान प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले सिप्तुङ्खा राई द्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को लोकार्पण गरेका थिए । सोही अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । लोकार्पित कृतिको सम्पादन पनि कडेलले नै गरेका हुन् । कार्यक्रममा समालोचक तर्कना शर्माले ‘प्रेमको लालपुर्जा’ माथि समीक्षात्मक मन्तव्य राखेका थिए ।
राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा. देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र संचारकर्मी मनुका कुवरले आआफ्नो मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा साहित्यकारहरु डम्बर पहाडी, नन्दु उप्रेती, पुरु लम्साल, दुर्गा तिवारी लगायतका साहित्यकार, लेकख, डिजाईनर, कलकर्मी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।