-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, फागुन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले वार्तामा आउँछु भन्दा कतिपयलाई छटपटी भएको बताएका छन् । ओलीले भनेका छन्, ‘पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु भन्दैछन्, केहीलाई छटपटी भएको छ ।’
चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले विप्लव समूहसँग सरकारले वार्ता गर्छौंभन्दा केही तत्वलाई टाउको दुखेको पनि बताए ।
उनले भने, ‘हतियार उठाइरहेका, व्यवस्थाको विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौं भनेर वक्तव्य निकालेछन् । कतिपयलाई आतंक छ ।’
पराजित गर्नै नसकिने गरी काम गर्यो भनेर पिर गरिएको समेत उनले दाबी गरे । ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने र वैशाख १७ र २७ गते निर्वाचन हुने बताए । उनले निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।