‘स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स’ सम्पन्न (फोटो फिचर)

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन ९ : नेपाली सेनाको राष्ट्रिय सेवादलद्वारा जंगी अड्डास्थित सभामण्डप हलमा आयोजित ‘स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट्स” विषयक सेमिनार सम्पन्न भएको छ ।

आइतबार विशेष समारोहकाबीच प्रधानमन्त्री तथा रक्षा मन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उक्त सेमिनार सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय गान, राष्ट्रिय सेवादल गान तथा प्रधानमन्त्रीद्वारा रचित ‘म मेरो देश बनाउँछु’ बोलको गीतको भिडियो क्लिप प्रदर्शन गरिएको थियो ।

सेमिनारमा शुभकामना मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाबाट तालिम प्राप्त एनसीसी क्याडेटहरुले तालिममा सिकेका आफ्ना सीप तथा कौशल सामाजिक सेवा तथा सम्पदाहरुको संरक्षणमा निस्वार्थ प्रयोग गरिनुपर्ने बताए ।

उनले विज्ञान तथा प्रविधीको उच्चतम उपयोगबाट शिक्षा स्वास्थ्य तथा विकासमा पछि परेको अवस्थाबाट देशलाई अगाडी बढाउँदै नेपाल सरकारले अवलम्बन गरेको ‘समृद्ध नेपाल : सुखी नेपाली को आकांक्षा प्राप्त गर्न सकिने बताए ।