प्रधानमन्त्री ओलीलाई गगनको चेतावनी : भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन ९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भीडको भ्रममा नपर्न चेतावनी दिएका छन्।

सत्ता उन्मादमा शक्तिको दुरुपयोग नगर्न प्रधानमन्त्री ओलीलाई सल्लाह दिँदै पूर्वमन्त्रीसमेत रहेका नेता थापाले अदालतले मान्छेको संख्या होइन, संविधानको धारा हेर्ने टिप्पणी गरेका हुन्।

‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन, संविधानको धारा हो, अदालतले बिनाभय संविधानसम्मत निर्णय गरोस्,’ थापाले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, प्रधानमन्त्री ओलीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भीड नाप्ने जिम्मा जनताको हो। स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भीडको भ्रम कुनै बेला महाराजलाई पनि थियो त !’