-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडाैं, फागुन ९ : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनेता पुष्प खड्कासँग निक्कै खुलेकी छन् । यो जोडीको निक्कै रोमान्टिक तस्बिर सार्वजनिक भएको छ । स्विमिङ पुलमा खुलेका यो जोडीको उक्त तस्बिर रियल लाइफको भने होइन ।
रिल लाइफमा अभिनय गर्दा गर्दै सार्वजनिक गरिएको उक्त तस्बिर चलचित्र ‘तिम्रो मेरो साथ’को हो । यो चलचित्रको शीर्ष भूमिकामा रहरे साम्राज्ञी र पुष्पले अभिनय गरिरहेका छन् । हाल यो चलचित्रको पोखरामा सुटिङ भइरहेको छ । चलचित्र युनिटले पोखराबाटै साम्राज्ञी र पुष्पको उक्त तस्बिर सार्वजनिक गरेको हो ।
रमेश एम के पौडेलको निर्देशनमा छायांकन भइरहेको उक्त चलचित्रमा साम्राज्ञी र पुष्पका साथमा कलाकार सन्दीप क्षेत्री पनि शीर्ष भूमिकामा देखिने छन् । चलचित्रमा समावेश गीतको छायांकनका क्रममा लिइएको तस्बिर सार्वजनिक गर्दै साम्राज्ञीले आफ्नो कामप्रति प्रेम र उमंग भयो भने जे पनि गर्न तयार हुनुपर्छ भनेर लेखेकी छन् ।