अदितीको सुन्दरता

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन ९ : नायिका अदिती बुढाथोकीले नयाँ चलचित्रमा काम गर्ने फाइनल भइसके पनि कोरोना भाइरस महामारीका कारणले गर्दा काम अगाडि बढ्न सकेको छैन ।

अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गरेकी अदितीले लामो समय फिल्ममा सक्रिय रहिनन् ।

फिल्ममा खासै काम नपाए पनि अदिती सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड अवतारका कारण भने चर्चामा आउने गर्छिन् ।

सामाजिक सञ्जालमा उनका आकर्षक फ्यान फलोइङ छन् । इन्स्टाग्राममा सक्रिय रहने अदितीले शेयर गरेका तस्वीरले फ्यानको मन जितेका छन् ।