निर्धन उत्थानको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

फागुन १०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १० : निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सुरक्षित गर्ने आज सोमबार (फागुन १० गते) अन्तिम दिन हो  । निर्धनले हाल कायम चुक्ता पुँजीको १३% बोनस सेयर र कर प्रयोजनको लागि ०.६८% नगद लाभांश वितरण गर्दैछ ।

लाभांश तथा साधारण सभा प्रयोजनको लागि यसले फागुन ११ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्ने छ । संस्थाको २२ औं वार्षिक साधारण सभा फागुन २५ गते बस्ने भएको छ ।