रुबिना दिलेक बनिन् बिग बोसको विजेता

फागुन १०, २०७७

एटुजेड अनलाइन खबर


मुम्बई, फागुन १० : भारतीय रियालिटी शो ‘बिग बोस’को १४ औं संस्करण रुबिना दिलेकले जितेकी छन् । १४० दिनसम्म चलेको ‘बहस’, ‘झगडा’ र ड्रामपछि रुबिना विजेता बनेकी हुन् । बिग बोसमा जानुअघि नै उनी टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार थिइन् ।

यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् ।

फाइलनमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । तर राखीले विकल्पमा दिइएको १४ लाख रुपैयाँ लिएर शो छोडिन् । बिग बोसका प्रस्तोता सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए ।

बिग बोसको यो सँस्करणको फर्स्ट रनर्सअप गायक राहुल वैद्य बनेका छन् । उनी इण्डियन आइडलको पहिलो सँस्करणका फर्स्ट रनर्सअप हुन् । २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो । बिग बोस भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो हो । एजेन्सी