घरेलु मैदानमै पीएसजी पराजित

फागुन १०, २०७७

एटुजेड अनलाइन खबर


लन्डन, फागुन १० : फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २(० ले पराजित भएको हो ।

पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको मोनाको दोस्रो हाफमा पनि एक गोल थप्यो । ५१ औं मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २(० को जित दिलाए ।

जितपछि २६ खेलबाट ५२ अंक जोड्दै मोनाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ५४ अंक रहेको पीएसजी तस्रो स्थानमा छ । शीर्ष स्थानको लिले भन्दा पीएसजी ४ अंकले पछि छ । लिलेको ५६ अंक छ । यस्तै लियोन ५५ अंकसहित दोस्रो स्थानमा छ ।