राम्ररी निद्रा लाग्दैन भने यसो गर्नुहोस्

फागुन १०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन १० : राति राम्ररी निद्रा नलाग्ने समस्या अधिकांशले अनुभव गरिरहेका हुन्छन् । कोरोना कालपछि त राति राम्ररी सुत्न सकिन भन्नेहरु प्रसस्त भेटिन थालेका छन् ।

सुतेकै बेला केही हुने हो कि रु जस्ता कुरा मनमा खेल्नाले पनि अचेल मानिसलाई राम्ररी निद्रा नपाएको पाइन्छ । वास्तवमा राम्ररी निद्रा पुगेन भने अन्य बिरामीको खतरा बढ्न सक्छ, जसमा छटपटी, डर तथा तनाव मुख्य हुन् ।

यसका साथै कम सुत्नाले रोग प्रतिरोधात्मक क्षमता समेत प्रभावित हुन्छ । यदि तपाईं पनि अनिद्राबाट चिन्तित हुनुहुन्छ भने यी उपायहरु अपनाएर आरामले सुत्न सक्नु हुन्छ ।

टाइमटेबल बनाएर लागू गर्नु पर्छ

यदि तपाईंले टाइमटेबल बनाएर त्यसलाई अपनाउने भयो भने यो तपाईंको शारीरिक तथा मानसिक स्वास्थका लागि निकै नै फाइदाजनक हुन्छ । यसले तपाईंको अनिद्राको समस्यामा आराम दिन्छ ।

यदि तपाईं दिनभरी कुनै काम गरिरहनु भएको छैन भने अथवा दिनभरी गर्नका लागि केही कामै छैन भने पनि तपाईंले आफ्नो टाइमटेबललाई पछ्याइरहनु पर्छ ।

त्यसका लागि आफ्नो दिनचर्यामा टेलिभिजन हेर्नुहोस्, खाना पकाउनु होस्, पुस्तकहरु पढ्नु होस् र यस्तै–यस्तै काम गरेर आफूलाई व्यस्त राख्नुहोस् । यसो गर्नाले तपाईंले दिनभरी नै व्यस्त भैरहनु हुनेछ र राति आरामले निद्रा लाग्नेछ ।

समयमा सुत्ने र समयमा उठ्ने

अंग्रेजीमा एउटा भनाइ छ ‘चाँडै सुत्नु भयो भने चाँडै उठ्नु हुनेछ ।’ जसको पालना सबैले गर्नु पर्छ । चाहे तपाईं बिहान चाँडै उठेर कतै जानु परे पनि अथवा नपरे पनि, समयमा उठ्नाले शरीरको साथ–साथै दिमाग समेत चुस्त रहने छ ।

यसका लागि तपाईंले एउटा टाइमटेबल बनाउनु पर्छ र हरेक दिन एउटा निश्चित समयमा सुत्नु पर्छ र बिहान पनि निश्चित समयमा नै उठ्नु पर्छ । जब तपाईंले यो नियमको पालना गर्न थाल्नु हुनेछ, तपाईंले समयमा नै ब्रेकफास्ट, लञ्च तथा डिनर समेत लिन सक्नु हुनेछ ।

यसबाट तपाईंको मानसिक स्थिति राम्रो हुनेछ र तपाईंलाई अनिद्राको समस्याबाट पनि सजिलै छुटकारा मिल्नेछ ।

स्वस्थ खानपिन

यदि तपाईं स्वस्थ रहेर पुरै निद्रा पुर्‍याउन चाहनु हुन्छ भने त्यसका लागि तपाईंले आफ्नो खानपिनमा विशेष ध्यान दिनु अनिवार्य हुन्छ । कफिनयुक्त चिजहरु जस्तै चीया तथा कफी नपिउँदा राम्रो अथवा कमभन्दा कम सेवन गरेको राम्रो ।

खासगरी साँझमा छ बजेपछि त चिया र कफी पिउनु नै हुँदैन । राती हल्का डिनर लिनु होस् । एक पटक जब डिनर गर्नु हुन्छ, त्यसको केही घण्टापछि सुत्नु होस् । रातिको खाना खाएको घण्टौंपछि सुत्न जानु भयो भने पनि तपाईंलाई राम्ररी निद्रा नलाग्न सक्छ ।

नियमित व्यायाम गर्नु पर्छ

यसका लागि तपाईंले आफ्नो दैनिकीमा योगा तथा कार्डियो जस्ता ब्यायामहरुमा जोड दिनु पर्छ । यसले तपाईंलाई निकै सहयोग गर्नेछ । तपाईंले चाहनु भयो भने बिहान तथा साँझ दुबै समय योगा तथा व्यायाम गर्न सक्नु हुनेछ । यसो गर्नाले तपाईंलाई राति राम्रो निद्रा पर्छ ।


ध्यान गर्नै पर्छ

हरेक दिन बिहान ध्यान गर्नु पर्छ । आफ्नो घरको कौशी अथवा फ्ल्याटको बरण्डामा निस्किएर ध्यान गर्न सकिन्छ । भनिन्छ, मानसिक रुपले स्वस्थ्य रहनाका लागि हामीले केही क्षण प्रकृतिसंग बिताउनु पर्छ । त्यसका लागि बिहान तथा बेलुका केही समय ध्यानको मुद्रामा बसेर प्रकृतिको नजिक रहनु पर्छ ।

यसो गर्नु तपाईंका लागि अति नै लाभकारी सिद्ध हुन्छ र तपाईंको मानसिक विकारहरुबाट समेत मुक्ति मिल्नेछ । साथै तपाईंलाई राम्रो निद्रा समेत पर्नेछ ।