बच्चाहरु एक्लै सुत्नु राम्रो की आमा–बुबासंग ?

फागुन १२, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १२ : नवजात शिशू तथा स–साना बच्चाहरुलाई आफुसंग सुताउने कि आफुभन्दा अलग्गै ? यो एउटा जटिल समस्या हो ।

यो पनि कुनै समस्या हो र ? भन्ने सोचाइ आउन सक्छ । तर यो एउटा गम्भिर समस्या हो ।

आज मानिसहरु ठुला–ठुला शहरमा एउटै कोठामा गुजारा गरिरहेका हुन्छन् । त्यस्तो स्थितिमा यो एउटा त्यस्तो समस्या हो, जुन हरेक आमा–बुबाले सामना गर्नु पर्छ ।

आमा र बच्चाको लागि स्वास्थ्यका दृष्टिकोणले बच्चाहरुलाई प्रारम्भदेखि नै अलग्ग सुत्ने बानी बसाउनु पर्छ । त्यसो गर्दा विभिन्न किसिमका फाइदा हुन्छन् ।

बच्चा अलग सुत्नाले आमाको स्वास्थलाई फाइदा पुग्छ । बच्चा पनि फराकिलो ओछ्यानमा आनन्दसंग सुत्न सक्छ ।

त्यसैले आमा बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ । जसका कारण बारम्बार डाक्टरकहाँ गइरहनु पर्दैन ।

यसको विपरीत बच्चा आमासंग सुत्नाले आमा तथा बच्चालाई उनको हात खुट्टाले थिच्ने होकि भन्ने चिन्ताले सताइरहन्छ ।

आमाको लागि पर्याप्त निद्रा आवश्यक

कहिलेकाहिं आमा गहिरो निद्रामा भएकाले आमाको हात बच्चाको मुखमा परेकाले निस्सासिएर बच्चाको मृत्यु भएका खबरहरु सुनिन्छ ।

त्यसैले यदि बच्चा भिन्दै सुत्यो भने आमा आरामसंग सुत्न सक्छिन् । आमाका लागि पनि पर्याप्त निद्रा आवश्यक हुन्छ ।

दिनभरी काम गरेपछि निश्चिन्त भएर सुत्नु अति नै आवश्यक हुन्छ । तर बच्चालाई अलग सुताउनुको अर्थ नवजात शिशूलाई नै अलग सुताउनु भन्ने होइन ।

यस्तो गर्नु र सोच्नु एकदम गलत कुरा हो । यस्तो गर्नु नवजात शिशूका लागि अहितकर हुन्छ ।

प्राय: बच्चा राति सुतेको बेलामा चलेर ओड्नी फ्याँक्ने गर्छन् ।

त्यसैले आमासंग सुत्दा आमाले उनलाई रातभरी ओड्नी ओडाइरहन्छिन् र नवजात शिशूलाई जुन प्रकारको तापक्रमको आवश्यकता पर्छ, त्यो आमाको शरीरबाट प्राप्त हुन्छ ।

त्यसबाहेक बच्चाहरुले यो उमेरमा पटक–पटक पिसाब फेरेर लुगा भिजाउने गर्छन् र उनीहरुलाई छिट्टो–छिट्टो भोक पनि लाग्छ । बच्चासंगै सुत्दा आमाले सजिलै स्तनपान पनि गराउन सक्छिन् ।

किशोर बालबालिकालाई संगै सुताउनु हुँदैन

बच्चालाई कम्तिमा पनि वर्ष दिन भरी आफुसंग सुताउनु पर्छ । त्यसपछि बच्चालाई आफ्नो बराबर भएको ओछ्यानमा सुताउनु पर्छ ।

राति समय–समयमा उठेर उसलाई हेर्नु पर्छ, उसले पिसाब फेरेको छ कि, ओड्नी फ्याँकेको छ कि भनेर हेर्नु राम्रो हुन्छ ।

धेरै आमाहरु ७–८ वर्षसम्म पनि आफ्ना बालबालिकालाई आफुसंग सुताउँछन् । यदि सबैभन्दा सानो र त्यसमा पनि छोरा छ भने त आमाहरु ११–१२ बर्षसम्म पनि आफुसंगै सुताउने गर्छन् ।

तर यो उमेरका बालबालिकालाई आफुसंग सुताउनु आमा र बच्चा दुवैका लागि अहितकर हुन्छ । ६ देखि ८ महिनापछि बच्चालाई आफु भन्दा अलग सुताउन थाल्नु पर्छ ।

यसो गर्दा बच्चामा शुरुबाट नै अलग सुत्ने बानी हुन्छ र उनीहरुलाई आरामका साथ फैलिएर सुत्ने बानी पनि हुन्छ ।

जब बच्चा ८–९ वर्षको हुन्छ, उसलाई भिन्दै अथवा आफ्नै कोठामा सुताउनु पर्छ ।

बच्चाको कोठा तपाईंको कोठाबाट नजिक हुनु पर्छ । त्यसो हुँदा विस्तारै–विस्तारै उसको डर पनि कम हुन थाल्छ ।

सानैदेखि भिन्दै सुत्ने बानी बसाल्नु पर्छ

बालबालिकाको कोठामा उनीहरुले पढ्ने मेच र टेवल पनि राखिदिनु पर्छ । राति हल्का प्रकाश दिने बल्ब पनि बालिदिनु पर्छ ।

१–२ वटा सुन्दर तथा आकर्षक क्यालेन्डर पनि यदि उनीहरुको कोठामा टाँगिदिनाले राम्रो देखिन्छ ।

यो कोठा उसको हो भनेर भनिदिनु पर्छ । त्यहाँ उनीहरु आरामसंग पढ्न पनि सक्छन र उनीहरुलाई त्यहाँ कसैले दुस्ख पनि दिँदैन ।

सुत्दा आफ्नो कोठाको ढोका बन्द गर्नु हुँदैन । तपाइ र बच्चाको कोठा बीच एउटा पर्दा भने लगाउनु पर्छ ।

यदि तपाईसंग एउटा मात्र कोठा छ भने त्यसको अस्थाई विभाजन गर्न सकिन्छ । एकातिर श्रीमान्–श्रीमतीले आफ्नो ओछ्यान राख्ने र अर्कोतिर आफ्ना बच्चाको ।

हिजोआज २ भन्दा बढि सन्तान हुँदैन । त्यसैले सानो परिवार हुनाले तपाईंको गुजारा सजिलै हुन सक्छ ।

अलग सुताउनु लाभदायक

बच्चाहरुको ओछ्यान अलग गर्नु शारीरिक र मानसिक दुवै दृष्टिकोणले लाभदायक छ ।

शारीरिक दृष्टिकोणको अर्थ तपाईंहरुको गोप्य क्रियाकलापमा कुनै किसिमको डिस्टर्ब हुँदैन ।

सम्बन्धहरुको सुमधुरताका लागि

समय–समयमा श्रीमानको शारीरिक इच्छा पुरा गर्दा श्रीमान्ले ताजापनको महसुस गर्छन् । यसले तपाईंको श्रीमान्ले आफुलाई युवा जस्तै महसुस गर्छन्, जसका कारण उनी उत्साहपुर्वक काम गर्न सक्छन् ।

बढ्दो उमेरसंगै श्रीमान्–श्रीमतीसंगको सम्पर्कका लागि तिव्र रुपमा लालायित हुन्छन् । इच्छापूर्ति नहुनाले उसमा चिड्चिडाहट उत्पन्न हुन्छ ।

उनी कुरै–कुरामा झगडा गर्न थाल्छन्,जसको प्रभाव श्रीमतीसंगै ठुलो भएर बच्चाहरुमा पनि पर्छ । बालबालिका ठुलो हुनुको अर्थ श्रीमान्–श्रीमतीको सम्बन्ध समाप्त हुनु भन्ने होइन ।

प्राय: श्रीमतीहरु छिट्टै शारीरिक सम्बन्धहरुबाट वाक्क हुन्छन् र आफ्नो सम्पुर्ण ध्यान घर–गृहस्थी र बच्चामा लगाउँछन् । यसो गर्दा श्रीमान्ले आफुलाई अपेक्षित सोच्न थाल्छन् र उनीहरु धेरै समय घरबाट बाहिर बस्न थाल्छन् ।

सुखी पारिवारिक जीवनमा त्यस्तो हुनु हुँदैन ।

यस्तो स्थितिलाई टार्नका लागि लागि तपाईंले शुरुबाट नै बच्चालाई अलग सुताउने बानी बसाल्नु पर्छ । जसले गर्दा श्रीमान्—श्रीमतीको सम्बन्ध सुमधुर बन्छ र बच्चाले पनि कुनै गलत धारणा राख्दैन ।