-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, फागुन १३ : काठमाडौंका केहि सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृह मापदण्ड बिपरित रहेको पाइएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालय परिसरमा सञ्चालित चमेनागृहको अनुगमन गर्दा मापदण्ड विपरित पाइएपछि कारवाही गरिएको हो ।
प्रशासन कार्यालयले बिहीबार आफ्नै कार्यालयको चमेना गृह, काठमाडौं जिल्ला अदालतको चमेना गृह, काठमाडौं जिल्ला अदालत बार एशोसियसन र नेपाल टेलिकमको चमेना गृहको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा काठमाडौं जिल्ला अदालत र काठमाडौं जिल्ला अदालत बार एशोसियसनको चमेना गृह मापदण्ड विपरित रहेको पाइएपछि उनीहरुलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै नेपाल टेलिकमको चमेना गृहलाई ५ हजार जरिवाना गरिएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिष्णुराज बेलवासेले जानकारी दिए ।
केहि चमेना गृह दर्ता विना नै सञ्चालन भएको, खाद्यवस्तु गुणस्तर नभएको पाइएको उनले बताए । चमेना गृहका बारेमा मौखिक तथा लिखित उजुरी आएपछि अनुगमन गरिएको उनले बताए ।
अनुगमनमा खाद्य, वाणिज्य, घरेलु विभागका साथै सुरक्षा निकायको पनि सहभागिता रहेको थियो ।