नीतालाई भेट्न आगरा पुगे हरिहर

फागुन १७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १७ : नायिका नीता ढुंगाना र नायक तथा ज्योतिष हरिहर अधिकारीको प्रेम चर्चा नेपाली मिडियाका लागि अब कुनै नौलो रहेन ।

उनीहरुले, सामाजिक संजालबाट नै प्रेम स्विकार गरिसकेका छन् । हरिहर र नीताको प्रेम सुरु भएको एक बर्ष बढी भयो । उनीहरुले बिहे गर्न लागेको चर्चा पनि चलिरहेको छ ।

हरिहर र नीताले एक अर्कासँग पर्याप्त समय पनि बिताइरहेका छन् । कहिले पोखरा त कहिले मुम्बई पुगेर उनीहरुले समय बिताएको यस अगाडि पनि देखिएकै हो ।

उनै, हरिहर यतिबेला भने भारतमा छन् । नायिका ढुंगाना भोजपुरी चलचित्र ‘माही’को छायांकनका क्रममा आगरामा छिन् ।