दिवङ्गत आमाबुबाको नाममा स्थापना भएको ट्रष्टमार्फत नुवाकोट र रसुवालगायतका जिल्लामा शिक्षा र स्वास्थ्यमा सहयोग कार्यक्रम चलाउँदै आएकाले यसलाई विशुद्ध समाजसेवाको रुपमा सहयोग गरिएको उनको भनाइ छ ।
माथिल्लो किम्ताङमा रहेको सानुकिम्ताङ माध्यमिक विद्यालयको आइतबार आयोजित ५५औँ वार्षिकोत्सव र चन्द्रदेवी माविको गत मङ्गलबार आयोजित २४औँ वार्षिकोत्सवको अवसरमा ‘एशोदादेवि–भगवानसिंह केसी मेमोरियल ट्रष्ट’ले सहयोग सामग्री उपलब्ध गराएको हो ।
उक्त सामग्री प्रदान गर्न ट्रष्टको तर्फबाट संरक्षक अजर्नुनरसिंह केसी, अध्यक्ष डा केदारनरसिंह केसी, महासचिव जगदिश्वरनरसिंह केसी, प्रजातान्त्रिक विचार समाजका नेता कुलचन्द्र वाग्ले, गोकर्ण अर्यालसहितको टोली विद्यालयमा पुगेका थिए ।
जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र एवं उच्च पहाडी भूभाग भएकाले उक्त बस्तीका अभिभावकलाई न्यानो कपडा वितरण गर्नाले विद्यार्थीलाई नियमित विद्यालय पठाउन उत्साह मिल्ने तथा विद्यालयलाई उपलब्ध गराइएको कम्युटरले प्रशासनिक कार्यमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
आर्थिक अभावको कारण गम्भीर बिरामी भएका सानुकिम्ताङ माविमा अध्ययरत विद्यार्थीको तीनजना अभिभावकलाई ट्रष्टले आफ्नै खर्चमा उपचार गरिदिने प्रतिबद्धता जनाएको छ । रासस