मिलनको ‘म बाँच्नुको’ सार्वजनिक

फागुन १७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन १७ : गायक सत्यराज आचार्य र गायिका बसन्ता प्रक्रातीको स्वरमा समावेश ‘म बाँच्नु को’ बोलको गीत सार्वजनिक भएको छ । दुर्गा प्रसाद आचार्यको शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियो पनि तयार भएको छ ।

अंकित वासु र आयन खड्काको निर्देशनमा तयार भएको भिडियोमा मिलन कार्की, रक्षा थापा, अल्मा खतिवडा, सुचित्रा उप्रेती, कृजोन महत्तको अभिनय छ । भिडियोमा अदित्य बस्नेत, सौगात मान सिंह बस्नेतको छायांकन, सौगातकै सम्पादन छ ।