राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली

फागुन १८, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १८ : नेपाल राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पद खाली भएको छ । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे  कार्यकाल आज सकिएको हो ।

डेपुटी गभर्नर पद खाली भएसँगै एक दर्जनभन्दा बढी प्रत्यासीहरूले दौडधुप तीव्र पारेका छन् । राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकहरूले दौडधुप तीव्र पारेका हुन् ।

डेपुटी गभर्नरका लागि कार्यकारी निर्देशकहरूमध्येबाट योग्यता पुगेलाई बढुवा गर्ने व्यवस्था राष्ट्र बैंक ऐनमै उल्लेख छ ।

ऐनले कार्यकारी निर्देशकहरुमध्येबाट एउटा पदका लागि दुई उम्मेद्वार सिफारिस गर्न पाउने अधिकारी गभर्नरलाई दिएको छ । गभर्नरले गरेको सिफारिसका आधारमा अर्थमन्त्रीले मन्त्रिपरिषदमा लगेको प्रस्तावमार्फत डेपुटी गभर्नरको टुंगो लगाइन्छ ।