-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, फागुन १९ : बुधबार र बिहीबार देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कुनै पनि मौसमी प्रणाली विकास नभएकाले देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।
बिहीबार र शुक्रबार भने मौसममा बदलाब आइ मुलुकका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा उल्लेख छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फागुन १९ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
राति : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
फागुन २० गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन २१ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १को पहाडी भू-भागहरुको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।