वन्यजन्तु दिवसमा प्रधानमन्त्री ओली चिडियाखानामा (फोटो फिचर)

फागुन १९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री ओली बुधबार चिडियाखाना पुगेका हुन् ।

पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ राखिएका जनावरहरुको अवलोकन गरेका थिए । उनी मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए ।

त्यस अवसरमा वन्यजन्तुको अवलोकन गर्नेक्रममा उनले हात्तीलाई फलफुल पनि खुवाए ।