ट्रकको ठक्करबाट कांग्रेस नेताको निधन

फागुन २७, २०७७

एटुजेड अनलाइन खबर


कोहोलपुर, फागुन २७ : ट्रकले ठक्कर दिँदा नेपाली कांग्रेसका नेता जयकर्ण मल्लको निधन भएको छ। बुधबार राति ९ बजेतिर बाँके कोहोलपुरस्थित पिपलचोकमा जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा भे१क ११०० नम्बरको ट्रकले ठक्कर दिँदा ३७ वर्षीय मल्लको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ।

सोरु गाउँपालिका–११ धैनकोट गाउँ निवासी मल्ल एक जना बिरामी गाउँलेको उपचार गर्न नेपालगञ्ज आएका थिए। चालक र ट्रक प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।