अरुण भ्याली हाइड्रोपावरको ५०% हकप्रद भर्न कहिलेसम्म बन्ने सेयरधनी ?

फागुन २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन २७ : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५०% हकप्रद सेयर चैत ८ गतेसम्म कायम सेयरधनीले भर्न पाउने भएका छन् । हकप्रद सेयर प्रयोजनका लागि अरुणले फागुन ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस इन्सुरेन्सले १ः०.५ अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम यस हकप्रदमा मुक्तीनाथ क्यापिटलले गर्नेछ । हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।