मेयर्स कपमा पारस खड्काको शतक

फागुन २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन २७ : काठमाडौं मेयर्स कपमा बागमती प्रदशेका अलराउण्डर पारस खड्काले शतक प्रहार गरेका छन् ।

उनले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा त्रिभुवन आर्मीविरुद्ध ११९ रन जोडेका हुन् । १३३ बलको सामना गरेका उनले सोमपाल कामीको बलमा आउट हुनुअघि ११ चौका र दुई छक्का हानेका थिए ।

पारसको शतकसँगै बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको छ । उसका लागि नन्दन यादवले अविजित ४२ रन जोडे भने इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।

आर्मीका सोमपाल कामी एक्लैले ५ विकेट लिए ।