एउटा ब्याटल जित्यौं, अझै दुई-चार ब्याटल जित्‍नुछ : दाहाल

फागुन २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन २७ : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको काठमाडौंंमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले एकपटक फेरि क्रान्तिमा अगाडि जाने सोचमा रहेको बताए ।

‘जनयुद्ध सुरु गर्दा म ४२/४३ वर्षको थिएँ । अहिले ६६/६७ वर्षको भएँ,’ उनले भने, ‘उमेरले कति दिन्छ पनि भन्छन् कतिपयले । तर, म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए । म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म लड्नेवाला नै छु । एउटा ब्याटन त हामीले जित्यौं । अझै दुई/चार वटा ब्याटल जित्नैपर्छ । हामी जित्छौं । जित्नैपर्छ ।

उनले पछिल्लो समय आफूले शान्तिपूर्ण युद्ध लडि नै रहेको समेत बताए । ‘अहिले फेरि शान्तिमार्फत युद्ध गरेको हो,’ उनले भने, ‘फेरि नयाँ युद्ध गरेकै हो । यो युद्ध चलिराखेकै छ । प्रतिनिधि सभा विघटनविरुद्ध, संविधान नै खारेजका विरुद्ध हामीले ब्याटल त जिज्यौं । तर, वार जितेका छैनौं ।’

आफ्नै साथीहरू छुट्दा धरातल केही केही कमजोर भएको उनले स्वीरका गरे । नयाँ मान्छे खोज्छुभन्दा पूराना साथीहरू छुटेको उनले बताए ।

‘हामीले यो सँग मिले होलाकि । त्यो सँग मिले होलाकी । यो गरे होलाकी भने धेरै गरियो । आफ्नै साथीहरू छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । नयाँ मान्छे खोज्छुभन्दा पूराना साथीहरु छुटेको पक्कै हो । एकचोटी फेरि कोर्स करेक्सन गरेर लड्नुपर्छ,’ उनले भने ।