-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, फागुन २७ : खानेपानी मन्त्रालयले शिवरात्रिका दिन वाग्मतीमा मेलम्चीको सफा पानी बगाउने भनेको थियो । आज शिवरात्रिका दिन मेलम्चीको पानी वाग्मतीमा आउन त आयो । सफा भने होइन लेदो पानी आयो । त्यो पनि हिलाम्मे ।
शिवरात्रिका अवसरमा पशुपतिनाथमा दर्शनार्थीका लागि आउनेले सफा पानीमा नुहाउन प्रतीक्षा गर्दैगर्दा हिलाम्मे पानी आयो । वाग्मतीको बहाव बढे पनि नुहाउन नमिल्दा दर्शनार्थीहरुले अञ्जुलीमा अलिअलि पानी लिएर टाउकोमा छर्किए । मेलम्ची खानेपानी आयोजनाले भने सुन्दरीजलबाट सफा पानी बगाइए पनि वाग्मतीको फोहोरकै कारण हिलाम्मे पानी आएको दाबी गरेको छ ।
अधिकार-सम्पन्न वाग्मती सभ्यता एकीकृत बिकास समितिका इन्जिनियर मिहिरचन्द्र आचार्यका अनुसार शिवरात्रिमा नुहाउनयोग्य पानी वाग्मतीमा पठाउने योजना थियो । ‘वाग्मतीमा पहिलादेखिको ढल जमेर बसेकाले मेलम्चीको पानी हिलाम्मे बनेर आएको हो,‘ उनले भने, ‘मेलम्चीको पानीले वाग्मतीको बहाब ह्वात्तै बढाएको छ ।‘ बेलुकासम्म पानी छाडिराख्ने हो भने सङ्लो हुनसक्ने उनको अनुमान छ ।