ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ शेयरधनीको डिम्याट खातामा

फागुन २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन २७ : ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ ।

कम्पनीको आईपीओ जीएलएच स्टक संकेतबाट डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ ।

कम्पनीको शेयर सम्भबतः आगामी आइतवारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले पहिलो कारोबारका लागि रू. ९९ दशमलव ६७ देखि २९९ सम्म ओपन रेञ्ज पाउने सम्भावना रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । गोलाप्रथाबाट ३ लाख ५१ हजार ६५२ जनाले १० कित्ता पाएका थिए भने दुई जनाले थप १ १ कित्ताका दरले ११ कित्ता शेयर पाएका थिए ।