बोल्ड जेबिका

चैत ०७, २०७७

एटुजेड अनलाइन खबर


नायिका जेबिका कार्की पछिल्लो समय म्यूजिक भिडियोमा काम गरिरहेकी छिन् । केही चलचित्रमा काम गरेपनि उनको करिअर सुखद भने देखिएको छैन । जेबिकाले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो कमाई नगर्दा उनलाई समस्या परिरहेको छ । यसैले पनि उनी मेकरको रोजाइको नायिका भने बन्न सकेकी छैनन् ।

म्यूजिक भिडियोमा भने उनी व्यस्त देखिएकी छिन् । उनै, जेबिका केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको नेफ्टा फिल्म अवार्डमा पुगिन् । यो अवार्डमा उनले नृत्य प्रस्तुती समेत दिएकी थिइन् ।

तर, अवार्ड समारोहमा उनी बोल्ड बनेर पुग्दा धेरैको ध्यान खिचिन् । ११ केजीको पहिरन लगाएर पुगेका कारण पनि जेबिकालाई पहिरन सम्हाल्नै धौ धौ परिरहेको थियो ।