जैतुन र ब्रोकाउलीका फाइदै फाइदा

चैत ०९, २०७७

एटुजेड अनलाइन खबर


बजारमा थरीथरीका खाना पकाउने तेल पाइन्छ । हरेक तेलले स्वास्थ्यमा फरक फरक लाभ पुर्याउँछ । यस्तैमा जैतुनको तेल प्रयोग भएका खाना खाँदा हाड बलियो हुने देखिएको छ ।

जैतुनको तेल मात्र होइन, यसको फल सेवन गर्दा पनि हाडको बलियोपनामा सकारात्मक असर पर्दछ । स्पेनमा ’क्लिनिकल एन्डोक्राइनोलजी एन्ड मेटाबोलिज्म’मा प्रकाशित अध्ययन अनुसार जैतुन र जैतुनको तेलको सेवनले उमेरमा हुने वृद्घसिँगै हाडको घनत्व र बलियोपनामा राम्रो लाभ गर्दछ ।

साथै यसको सेवनले ओस्टियोस्पोरोसिसमा कमी आउँछ ।

अब चर्चा गरौं काउली अर्थात फुलकोबिको । काउली धेरैलाई मन पर्ने तरकारी हो । तर ब्रोकाउली भने धेरैलाई मन पर्दैन । तर ब्रोकाललीको सेवनले शरिरमा राम्रो लाभ पुर्याउछ । अझ महिलामा यसले धेरैमात्रामा लाभ गर्दछ ।

ब्रोकाउलीको सेवनले स्तन क्यान्सरको जोखिमलाई घटाउनमा मद्दत गर्छ । यसको सेवनले स्तर क्यान्सर हुन नदिने मात्रै होइन, क्यान्सरको वृद्धिलाई समेत रोक्दछ । ब्रोकाउलीमा पाइने सल्फोराफेन नामक तत्वले स्तन क्यान्सरलाई थप फैलिनबाट रोक्छ ।