-
गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ
फागुन ०९, २०७७ -
व्यवसायीलाई एकताबद्ध गर्न मेरो उम्मेद्वारी
फागुन ०९, २०७७ -
माझीबस्ती : यथार्थ र भ्रम
माघ ३०, २०७७
काठमाडौं, चैत ९ : क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले जावा मोटरसाइकलको बीएस–सिक्स इन्जिनयुक्त जावा पेराकको बिक्री सुरु गरेको छ।
अग्नि मोटो इंकको सबै शाखा र डिलरमा टेस्ट राइडकाे समेत व्यवस्था छ।
जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ। यसले ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्छ। जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली रहेको कम्पनीकाे भनाइ छ।
पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको, पछाडि मोनोशक सस्पेन्सन रहेको छ। दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको बाइकमा जावा पेराकमा डुअल च्यानल एबीएस पनि रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ।