युभेन्ट्स बेनेभेन्टोसँग पराजित

चैत ०९, २०७७

एटुजेड अनलाइन खबर


इटाली, चैत ९ : इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बेनेभेन्टोसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्स घरेलु मैदानमै बेनेभेन्टोसँग १-० गोलले पराजित भएको हो ।

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले ६९औँ निर्णायक गोल गरे ।

पराजयसँगै युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्सले २७ खेलमा ५५ अंक छ । बेनेभेन्टो २९ अंकसहित १६औँ स्थानमा छ ।