यो सरकार माधव नेपालको अडानका कारण टिकेको छ, कुनैपनि बेला अल्पमतमा पर्नसक्छ : प्रचण्ड

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको अडानका कारण टिकेको टिप्पणी गरेका छन् । उनले कुनै पनि बेला वर्तमान सरकार अल्पमतमा पर्न सक्ने पनि टिप्पणी गरेका छन् ।

आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक अवस्थाबारे विश्लेषण गर्दै यस्तो ब्रिफिङ गरेका हुन् । अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘अहिलेको सरकार माधव कमरेडको कारण टिकेको छ, उहाँ दरो रुपमा उभिएको हुनाले मात्रै हाम्रो बहुमत पुगेको छ, तर सरकार जतिबेला पनि अल्पमतमा पर्नसक्छ ।’