सुजुकी एक्सचेञ्ज २०७८ सुरु

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ३० : सुजुकी एक्सचेञ्ज २०७८ सुरु भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटर आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले एक्सचेञ्ज अफर सुरु गरेको हो ।

कम्पनीले साउन २८ देखि भदौ ५ सम्मका लागि यो अफर ल्याएको हो । यसमा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटर एक्सचेञ्ज गरी सुजुकीको नयाँ मोटरसाइकल वा स्कुटर किन्न सक्छन् ।

एक्सचेञ्ज गर्दा बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँ र नयाँ खरिदमा छुटको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।