सिड्नीमा लकडाउन उल्लंघन गर्नेलाई ५ हजार अष्ट्रेलियन डलर तिराइने

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


सिड्नी, साउन ३० : अष्ट्रेलियाको सिड्नी र सो आसपास क्षेत्रमा कोरोना संक्रमण न्यूनिकरणको लागि लगाइएको लकडाउनमा कडाइ गरिएको छ।

शनिबारदेखि अष्ट्रेलियाली प्रहरीले सिड्नी र सो आसपास जारी गरिएको लकडाउन उल्लंघन गर्नेमाथि लगाइएको जरिवाना वृद्धि गरेको हो।

प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई ५ हजार अष्ट्रेलियन डलर अर्थात ३,७०० डलर तिराउने भएको छ।

न्यु साउथ वेल्स राज्यका प्रिमियर ग्लेडिस बेरेजिक्लियनले भने,‘यस अगाडि नियम उल्लंघन गर्नेलाई १ हजार तिराइन्थ्यो। तर, घरमै बस्न दिइएको आदेश नमान्ने, अनुगमन अधिकारीहरुसँग झूट बोल्नेहरुको संख्या बढेपछि जरिवाना बढाइएको हो।

उनले न्यु साउथ वेल्समा पहिलादेखि नै कोरोनाका कारण अवस्था खराव रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिन्।

विगत २४ घण्टामा ४६ भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। यस्तै, ४ जनाको मृत्यु भएको छ।