सुष्मा अधिकारी फिचर्ड ‘साथमा’ सार्वजनिक

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ३० : सुष्मा अधिकारीको धमाकेदार सिनले भरिएको ‘साथमा’ गीतको भिडयो सार्वजनिक भएको छ । राजसीको निर्देशन एवं सम्पादन रहेको ‘साथमा’ गीतको भिडियोलाई ‘वान पोइन्ट’ युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा सुष्मासँगै राजसी, सुशान, विकाश र थापाकाजीको समेत अभिनय देख्न सकिन्छ । भिडियोमा चारै जना युवाले सुष्मालाई साथमा नै राखेर जिन्दगीका हरेक खुसीहरु साटा–साट गर्न आफूहरु तयार रहेको रोमान्टिक दृश्यलाई प्रस्तुत गरिएको छ ।

नारकोस बिट्सको संगीत सिर्जना रहेको ‘साथमा’गीतमा मास्टरिगं र शब्द वान पोइन्ट टिमको रहेको छ ।