चिरन्जीविसँग फिल्ममा काम गर्न सोनाक्षीले महंगो पारिश्रमिक मागेपछि दोधारमा निर्माता

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ३० : बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पछिल्लो समय एकपछि अर्को नयाँ फिल्मका कारण चर्चामा आइरहेकी छिन् ।

उनी अब फिल्म भुज’ मा अभिनेता अजय देवगनको साथमा देखिदैछिन् । यसैबीच उनी साउथ फिल्मका कारण पनि चर्चामा आइरहेकी छिन् । उनी अब साउथ स्टार चिरन्जीवीसँग देखिने चर्चा पनि चलिरहेको छ ।

भारतिय मिडियाका अनुसार चिरन्जीवीको नयाँ फिल्ममा सोनाक्षीले महंगो पारिश्रमिक माग गरेकी छिन् । तेलुगूमा पनि डेब्यू गर्ने तयारीमा रहेकी सोनाक्षीले निर्माण टिमसँग महंगो पारिश्रमिक मागेकी छन् ।

उनले साढे ३ करोड पारिश्रमिक मागेको भारतिय मिडियामा जनाइएको छ । सोनाक्षीले फिल्मको कहानी मनपराएकी छिन् । तर पारिश्रमिकका कारण रोकिएकी छिन् ।

उनले माग गरेको पारिश्रमिक निर्मातालाई धेरै लागेको बताइएको छ । सोनाक्षीले बलिउड फिल्ममा पनि ३ देखि ४ करोडसम्म पारिश्रमिक बुझ्ने गरेको चर्चा भइरहने गर्छ ।