दुलही जस्तै सजियो अनिल कपुरको घर, छोरी रिया आज विवाह बन्धनमा बाधिँदै

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


मुम्बई, साउन ३० : बलिउडका चर्चित अभिनेता अनिल कपुरकी छोरी रिया कपुरको आज विवाह हुँदैछ । अभिनेत्री सोनम कपुरकी दिदी रहेकी रियाले आज करण बुलानीसँग विवाह गर्दैछिन् ।

विवाहको दिन अनिलको जुहुस्थित घर दुलहीको जस्तो सिँगारिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण विवाहमा धेरैलाई बोलाइएको छैन । पारिवारिक सदस्य र नातेदारको उपस्थितिमा रिया र करणको विवाह हुँदैछ ।

१३ बर्षदेखि प्रेममा रहेका रिया र करण विवाह बन्धनमा बाधिँन लागेका हुन् । रिया फिल्म निर्माता साथै एक फेसन डिजाइनर हुन्। सन् २०१० मा बनेको फिल्म आइशामा उनी निर्माता थिइन्।