भदौ ३ मा ओप्पोको विशेष क्यामेरा इभेन्ट हुँदै, नयाँ के आउला ?

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ३० : स्मार्टफोन निर्माता ओप्पोले आउँदो भदौ ३ (अगस्ट १९) मा क्यामेरा प्रविधिसँग सम्बन्धित विशेष कार्यक्रम गर्ने भएको छ । जीएसएम एरेनाद्धारा सार्वजनिक गरेको एक ईमेलअनुसार ओप्पोले क्यामेरा वा इमेजिङ प्रविधिलाई लक्षित गर्दै विशेष कार्यक्रम गर्न लागेको हो ।

कम्पनीले ‘फ्युचर अफ इमेजिङ, टुडे’ ट्यागलाइनमा कम्पनीले सो इभेन्ट गर्नेछ । सार्वजनिक भएको एक टिजरमा लेन्सको क्लोजअप संकेत जनाउने फोटो पनि समावेश छ ।

ओप्पो इण्डियाका उपाध्यक्ष एवं आर। एण्ड। डी। प्रमुख तस्लीम आरिफले आफूहरु केही नयाँ कुरामा काम गरिरहेको जानकारी दिँदै यसले क्यामेराको अनुभव सदाका लागि बदल्न सक्ने भन्दै ट्वीट गरेका छन् । तर उनले थप विवरण भने खुलाएका छैनन् ।