अफगानिस्तानबाट ४६१ नेपालीको उद्धार, आज दुई उडानबाट स्वदेश फर्किदै

भदौ ०५, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, भदौ ५ : अफगानिस्तानबाट शुक्रबारसम्म ४६१ नेपालीको उद्धार भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रोजगारीका लागि अफगानिस्तान पुगेका ९ भारतीयसहित ४७० जना शुक्रबारसम्म काठमाडौँ आइपुगेका छन् ।

नेपाली फर्कने क्रम आज पनि जारी रहनेछ । आज बेलुकासम्म दुईवटा उडानबाट नेपाली फर्कने मन्त्रालयले जनाएको छ ।

काबुल छाडिसकेका करिब एक हजार नेपालीमध्ये ५३० जना विभिन्न मुलुकमा ट्रान्जिट र क्वारेन्टिनमा रहेकाले उनीहरु आज स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिए ।

शुक्रबार साँझसम्म ३१० जना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका  छन् ।