कञ्चनपुरमा चार किलाे चरेशसहित तीन जना पक्राउ

भदौ ०५, २०७८

एटुजेड अनलाइन खबर


कञ्चनपुर, भदौ ५ : कञ्चनपुरमा चार किलाे ४९० ग्राम अवैध लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन् ।

शुक्रबार साँझ जिल्लाकाे कृष्णपुर नगरपालिका-२ प्रगति टाेलबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) काे संयुक्त टोलीले  उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कैलालीकाे धनगढी उपमहानगरपालिा-७ का २१ वर्षीय किशाेर सिंह, कृष्णपुर नगरपालिका-२ बंकका ३६ वर्षीय गणेश भण्डारी र बझाङकाे छबिस पाथिभरा गाउँपालिाक-५ का ३२ वर्षीय झलक जाग्री रहेका छन् ।

पक्राउ परेकाहरू माथि अनुसन्धान भइरहेकाे भइरहेको प्रहरीले जनाएको छ।