रेडपाण्डाको छालासहित ४ जना पक्राउ

असोज ०२, २०७८

एटुजेड अनलाइन खबर


सुर्खेत, असोज २ : वीरेन्द्रनगर नगरपालिका–८ खजुरास्थित मानसरोबर होटलबाट एक थान रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्।

प्रहरीले दैलेख नारायण नगरपालिका–१० बस्ने २१ वर्षीय पूर्णबहादुर बस्नेतलगायत चार जनालाई शुक्रबार राति पक्राउ गरेको हो।

उक्त होटलमा रेडपाण्डाको छाला बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटलको ११५ नम्बरको कोठाबाट उक्त छाला फेला पारी उनीहरुलई पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।