राजुलाई स्वर्ण

असोज ०२, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, असोज २ : अमेरिका बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

गत साता भएको च्याम्पियनसिपमा राजुले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । राजुका अनुसार उनको उमेर समूहमा अमेरिका, फ्रान्स, अष्ट्रेलिया, स्विट्रजल्यान्ड, फिलिपिन्स, स्लोभानियाका खेलाडीलाई पछाडि पारेका थिए ।