हाम्रो बारेमा

बैशाख १०, २०७६

एटुजेड अनलाइन खबर


२०७३ माघ १७ गते बाट निरन्तर तपाइहरूको सेवामा छौँ, हामी कस्तो र कुन प्रकारको पत्रकारितामा विश्वास गर्छ भन्ने हाम्रा मूल्य र मान्यता पारदर्शी बनाउने उद्देश्य लिएर अघि बढेका छौँ । यसमा तपाइहरूको साथ सदैव चाहिने भएकाले दिनुहुन्छ भन्रे आशावादि छौँ ।

जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्ने छैनौ । नेपालको वर्तमान राजनीतिक परिवृत्तमा सबैले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा परिचित गराउने तर विचार, व्यवहार र कार्यशैलीमा बहुलता स्विकार गर्न नसक्ने विडम्बना देखिएको छ । कतिपय अवस्थामा लोकतान्त्रिक राजनीतिका पक्षधर भन्नेबित्तिकै निश्चित राजनीतिक दलसँग आबद्ध भनेर ठान्ने सोच कायमै छ । तर सबै राजनीतिक दल, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन वा आलोचना वा दुवै समानान्तररूपमा अघि बढाउनु एटु जेट अनलाइन खबरको विशेषता हुनेछ ।

हामी आफूलाई उदार लोकतन्त्र र उदार आर्थिक प्रणालीका पक्षधर हौँ भन्न हिचकिचाउँदैनौ भने गरिब र पिछडिएका जनताका पक्षमा सरकारको सशक्त उपस्थिती र लोकोपकारी कार्यकारीको महत्वलाई पनि अस्वीकार गर्दैनौ ।

जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताकोअधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम अनलाइन पत्रकारितामार्फत् बाह्रखरी यहाँहरू समक्ष उपस्थित भएको छ ।

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन ।

हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयास गर्छौँ ।